५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य हुन्नः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्रीले जवाफ दिन्छु भन्दा रोष्ट्रममा जानबाट रोक्ने कार्य कदापी स्वीकार्य नहुने बताउनुभएको हो ।

उहाँले गृहमन्त्री बोल्न तयार हुनुभएकाले उहाँले बोलिसकेपछि विपक्षीलाई चित्त नबुझेका कुरा राख्ने छुट रहेको स्पष्ट पार्नुभयो । तर गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको उहाँको टिप्पणी थियो । प्रमुख सचेतक बर्तौलाले जनसरोकारका विषयहरु उठिसकेपछि संसदमा जवाफ दिनु स्वाभाविक प्रक्रिया भएको बताउँदै अवरोध वा नाकाबन्दी लगाउने प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरुको कार्यशैली दुःखद् भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजोको संसदको बैठक विशेषगरी गृहमन्त्रीसँग केही प्रश्न गर्नेगरी प्रमुख प्रतिपक्षका कारणले रोकिएको थियो । तर, प्रमुख प्रतिपक्षीले आजको बैठक रोकौं भोलि सहज ढंगले संसद सञ्चालनको वातावरण बनाउँछौं भन्नुभयो । सोही अनुरुप हामीले हिजोको बैठक स्थगित गरेका हौं । आजको बैठकमा हामीले सरकारी बिजनेशमा, प्रस्तावित कार्यसूचीका अन्य कार्यहरुका बारेमा कसरी जाने भन्ने दोस्रो विषय हो । प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट माननीय गृहमन्त्रीज्यूले जवाफ दिन्छु । समग्र घटनाका बारेमा संसदमा बताउँछु भनिसकेपछि संसदमा गृहमन्त्री बोल्ने कुरालाई नै अवरोध सिर्जना गरेर सरकारलाई रोष्ट्रममा पुग्ने कुरालाई यसप्रकारको अवरोध वा नाकाबन्दी लगाउने जुन प्रकारको प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीको कार्यशैली दुःखद् छ । यो ढंगबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य हुनसक्दैन । संसदमा सरकारलाई रोक्ने, जनसरोकारका विषयहरु उठिसकेपछि सम्बोधन गर्ने स्वाभाविक संसदीय प्रक्रिया हो । गृहमन्त्री प्रतिपक्षी दलहरुले उठाएकै विषयमा जवाफ दिन तयार हुनुहुन्छ । उहाँलाई रोक्ने कुरा असंसदीय कुरा हो । यो राजनीतिक विषय होइन । गृहमन्त्रीलाई बोल्न दिनुपर्छ उहाँहरुलाई चित्त बुझ्छ बुझ्दैन त्यसपछिको कुरा हो । फेरि पनि हामी आग्रह गर्न चाहन्छौं, सत्तापक्ष पनि बोलौं, प्रतिपक्ष पनि बोलौं, सरकारले बोल्छु भनेको छ, घटना विषयका बारेमा जवाफ दिन्छु भनेको छ । चित्त बुझेन फेरि आफ्ना कुरा राख्न पाउनुहुन्छ ।’

उहाँले प्रतिपक्षी दलहरुलाई संसद अवरोध नगर्न आग्रह गर्नुभयो ।