२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्फ लकडाउनमा बसौं – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ



अ+ अ-

काठमाडौं उपत्याकामा ४० लाख जनसंख्या छ । जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा छन् । सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई हामीले स्याम्प्लिंग को रुपमा बुझ्नु जरुरी छ । 

उपत्यकाका अधिकांश अस्पतालमा अन्य उपचार गर्न गएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दो क्रममा छ । उपत्याकाका प्रत्येक ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् । बालबालिकादेखि बृद्धबृद्धा, जसको ट्राभेल हिस्ट्री छैन, संक्रमितसंग सम्पर्क भएको हिस्ट्री छैन, मा पनि संक्रमण देखिएको छ । पावर तथा पैसाको बलमा भित्रि नाकाबाट उपत्याका प्रवेश गर्नेको कमी छैन । उपत्याका प्रवेश गर्ने व्यक्तिलाई होल्डिंग गर्ने, परीक्षण गर्ने अनि मात्र संक्रमण नभएका व्यक्तिलाई आफ्नो निवास पठाउने काम भएको छैन । ४० लाख जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन निकै कम छन् । कन्ट्याक्ट ट्रेसिंग, परीक्षण र परीक्षणको रिपोर्ट आउने समय यति लामो छ कि जसबाट संक्रमित तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिले धेरै जनालाई संक्रमण विस्तार गर्न सक्छन ।

काठमाडौं उपत्याकाको समुदायमा पिसिआर परीक्षण गर्न सरकार तत्पर देखिएको छैन । बिज्ञहरुको आवाज सुनिएको छैन । सिमित खानपिनप्रेमि कर्मचारी,भ्रष्ट्राचार तथा कमिसन खानुलाई जीवनको लक्ष्य मान्ने अनैतिक व्यक्तिहरु तथा पकेटका मान्छेलाई सर्वज्ञाता बनाएर जनस्वास्थ्यमाथि खेलवाड गरिएको छ ।

हामी नागरिकले पनि असल नागरिक हुनुको दायित्व पुरा गरेका छैनौं । अत्यावश्यक काम बाहेक घरमै बस्ने, बाहिर निस्कँदा सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाडमा नजाने, हरेक व्यक्तिलाई संक्रमितको नजरले हेरेर सतर्क हुने, कार्यस्थललाई संक्रमणरहित बनाउने, नियमित हात धुने र स्यानिटाइज्ड गर्ने, घरमा आउँदा बाहिर लगाएका कपडा तथा सामग्री बाहिर राख्ने अनि नुहाएर घरभित्र पस्ने तथा घरभित्र पनि जोखिम बर्गका मान्य व्यक्तिसंग दुरी कायम गर्ने लगायतका उपायलाई जीवनशैलीको रुपमा अबलम्बन गर्नु जरुरी छ ।

कोरोना संक्रमण हावाबाट पनि सर्छ भनेर ३२ देशका २३९ जना बैज्ञानिकले ध्ज्इ लाई आफ्नो धारणा बनाउन दवाव दिइरहेका छन् । बन्द कोठा तथा हल, जहाँ कन्सर्ट गरिन्छ, चिच्याएर गाउने तथा हुटिंग गर्ने गरिन्छ, त्यस्तो ठाउँमा धेरैजना संक्रमितले मुख तथा नाकबाट भाइरस उत्सर्जन गर्दछन् । गह्रौं छिटा सतहमा खस्छन भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा तैरिन्छन् । हावामा झुण्डिएका ती कणहरु सास लिंदा हाम्रो शरीरमा प्रवेश गर्दछन । यसरी संक्रमण फैलिन्छ भन्ने अवधारणा हामीले पनि ख्याल गर्नु जरुरी छ ।

हाम्रो देशमा संक्रमित तथा मृतकको उमेर अन्य देशको तथ्यांकसंग मेल खाँदैन । तसर्थ हरेक उमेर र बर्गका व्यक्तिहरु यो अदृश्य सत्रुसंग लड्नको लागि सरकारको बाटो मात्र हेर्नु हुँदैन । अबका २ महिना हामी नागरिक सेल्फ लकडाउनमा बस्न सक्यौं भने कोरोना संक्रमणको मुख्य छालबाट बच्न सक्छौं । यो ६ महिना हामी बच्न सफल भयौं भने अबका २ महिना आफुलाई सुरक्षित राख्नु सबैभन्दा ठूलो प्राप्ति हुनेछ ।