११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का
अ अ+ अ-

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) ले काठमाडौंमा गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बजेटको चपेटामा पनि मन्त्रालयले एक मिहनाभित्रै विद्युत विधेयक संसदबाट पारित गराउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले विद्युत विधेयक विगतमा पनि पटक पटक प्रश्तुत हुँदै फिर्ता हुँदै आउने गरेको र अहिले मन्त्रालयले जलश्रोत विधेयक सक्ने बित्तिकै रातदिन काम गरिरहेको उल्लेख गर्नुभयो । लगानी डुब्दा डेभलपरहरुको मात्रै डुब्छ भन्ने नसोच्न आग्रह गर्दै जनताको पनि लगानी डुब्ने र त्यसको जिम्मेवारी सरकारले लिने बताउनु भयो । मन्त्री खड्काले लक्ष्य विचलित सरकार नरहेको बताउनु भयो । सरकारको मुख्य आयश्रोत अहिले विद्युत नै रहेको जिकिर गर्नुभयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘अहिले पनि पटक पटक थाँती रहेको विद्युत विधेयक प्रश्तुत हुँदै फिर्ता आउँदै गरेको र यसै पटक पनि दुई वर्षअघि प्रश्तुत भएको विधेयक जलश्रोत विधेयक सक्ने बित्तिकै रातदिन यसमा काम गरिरहेका छौँ । बजेटको चेपेटो छ तथापि हामी विधेयमाथि काम गरिरहेका छौँ । पनि हामी रात दिन यसमै काम गरिरहेका छाँै । यो एक महिना भित्रैमा विधेयक संसदबाट पारित हुन्छ । प्राधिकरण एक्लैले सकेन भने त्यसको विकल्प होला नि त सरकारसँग । लगानी डुब्दा डेभलपरहरुको मात्रै डुब्छ जस्तो लाग्छ, तमाम जनताको डुब्छ, त्यसको जिम्मेवारी सरकारले लिन्छ, सरकारको दायित्व हो । लिनुपर्छ ।’

स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरण र मन्त्रालय उर्जा उत्पादकहरुको अभिभावक भएको बताउनु भयो । तर पछिल्लो समय उर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण नै आक्रमण हुने गरेको बताउनु भयो । उहाँले उर्जा क्षेत्रलाई अगाडि बढ्न नै नदिने गरी आक्रमण भइरहेको बताउनु भयो । स्वदेशमै उत्पादन बिजुलीले लोडसेडिङ अन्त्य गर्नेगरी सरकार र निजी क्षेत्र लागि रहँदा केहीले भने आयातित बिजुलीले नै लोडसेडिङ अन्त्य हुनुपर्छ भन्ने योजनासहित अघि बढिरहेको बताउनु भयो ।
अध्यक्ष कार्कीले भन्नुभयो, ‘विद्युत प्राधिकरण र मन्त्रालय भनेको हाम्रो अभिभावक हुन् । अहिले थुप्रैतिरबाट अट्याक नै अट्याक हुँदैछ । यो क्षेत्रलाई अघि बढाउन नदिने हो की । सधैँ नै हामीले हाम्रो बिजुलीले होइन की आयाति बिजुलीले लोडसेडिङ अन्त्य गर्ने हो की भन्ने प्लानिङसहति अघि बढ्न लागेको हो की जस्तो देखिन्छ । कहीँबाट केही अघि बढ्न दिँदैनन् । सेबनको इस्यु त्यत्तिकै छ । सेबनलाई मन्त्रालयबाट पत्राचार भएको थियो, आइपिओको इस्यु खोलिदिनु भनेर । अहिले ४३ वटा प्रोजेक्ट अड्किएर बसेका छन् । खनालको आयोग भनेर अर्कै रिपोर्ट दिएको छ ।’

स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले देशलाई समृद्ध बनाउन उर्जा क्षेत्रमा मार्गचित्र बनाएर अघि बढेको र उर्जाउद्यमीहरु पनि मार्गत्रि परा गर्न दत्तचित्त भएर लागेको समयमा सार्वजनिक लेखा समितिले २०८० को पुसमा ९० भन्दा कम नेटवर्क रहेका कम्पनीको प्राथमिक शेयर जारी गर्न नदिने निर्देशन दिँदा ठूलो क्षति व्यहोरिरहनुपरेको बताउनु भयो । उहाँले साथै समितिले जलविद्युत कम्पनी स्थापना गर्दा लगानी गर्ने आधारभुत लगानीकर्ताहरुको ३३ प्रतिशत शेयर बैंकको ऋण चुक्ता नभएसम्म कायम राख्न निर्देशन दिनुले समस्या भइरहेको बताउनु भयो । अहिले पनि प्राथमिक शेयर निष्कासनका लागि ४३ वटा र हकप्रद शेयर निष्कासनका लागि ७ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा रहेको बताउनु भयो । यो ढिलाइने ९९४.५२ मेगावाट क्षमताका उर्जा क्षेत्रका आयोजनाहरुले २२ महिनामा ब्याज, आयोजना लागत, विद्युत विक्रीबाट हुने आय जम्मा गरेर लगभग ८१ अर्ब नोक्शानी व्यहोरेको बताउनु भयो । यो नेपाल सरकार मातहतका निकायहरुले उर्जा क्षेत्रलाई गरेको अपराध भएको जिकिर गर्नुभयो ।

उहाँले सरकारले लिएको लक्ष्य पूरा गर्ने हो भने अविलम्व प्राथमिक शेयर, हकप्रद शेयर निष्कासनको अनुमति दिनुपर्ने बताउनु भयो ।