७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईले गुजरातलाई दियो २३१ को लक्ष्य



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को ६७ औं खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई २३१ रनको लक्ष्य दिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २३० रन बनायो ।

चेन्नईका लागि रविन्द्र जडेजा २१ रन बनाएर अविजित फर्किए । जबकि डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रनको इनिङ खेले । यस्तै, डेभन कोनवे (५२ रन) ले पनि अर्धशतक बनाए । ओपनर आयुष म्हात्रेले ३४ र उर्विल पटेलले ३७ रन बनाए ।

गुजरातका प्रसिद्ध कृष्णले दुई विकेट लिए । साई किशोर, राशिद खान र शाहरुख खानले एक–एक विकेट लिए ।

जवाफमा ब्याटिङमा उत्रिएको गुजरातले ४.३ ओभरमा तीन विकेट गुमाएर ३० रन बनाएको छ । प्रभावशाली खेलाडी साई सुदर्शन क्रिजमा छन् । शेर्फेन रदरफोर्ड शून्य, जोस बटलर ५ रन र कप्तान शुभमन गिल १३ रनमा आउट भए । अंशुल कम्बोजले २ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।