१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उहाँले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको हो ।

उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरुबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै नियमनमा कडाइका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालय तयारीका साथ छलफलमा नआएको भन्दै उहाँले अबको बैठकमा पनि यिनै विषयमा छलफल गरिरहने हो भने आजकै छलफल रेकर्ड गरेर सुनाइदिने कामबाहेक अन्य कुनै छलफल नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन । निजीलाई गैर नाफामूलक बनाउनुपर्छ भन्ने हो । त्यसका लागि १५ वा २० वर्ष कति लाग्छ समय दिउ । निजीको हकहितका लागि हामीले निर्णय गर्नैपर्छ । नियमनको पाटोमा कडाईका साथ तलबदेखि लिएर स्कलरसिपको प्रावधानदेखि लिएर कसरी छलफल गर्ने विषयमा शिक्षा मन्त्रालयलाई वर्क आउट गर्न भनेका थियौं त्यो कहाँ पुग्यो ? यदी मन्त्रालय तयारीका साथ आएन भने भोलिदेखिको समिति बैठकमा आजकै छलफल रेकर्ड गरेर सुनाइदिनेमात्र हो ।’

उहाँले निजी विद्यालयलाई गैर नाफामुलक बनाउन कति समय लाग्ने भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।