५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन् : उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्‌घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसहरूले नकारात्मक भ्रम फिँजाइरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार रहेको बताउनुभयो । सिंहले लोकतान्त्रिक प्रणाली र जनअधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडी बढाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले डेमोक्रेसी आएर, प्रजातन्त्र आएर के भयो र ? के पायौँ र ? भनेर एक थरीले भ्रम फिँजाउन लागिरहेका छन् । डेमोक्रेसी सिस्टम जनताको अधिकारको पुर्न बहाली गर्नको लागि हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार हो । यो जनअधिकारलाई सुरक्षित राख्दै, संरक्षण गर्दै अझ देश विकासको कार्यलाई अगाडि बढाउनको लागि प्रयास गर्नुपर्छ ।”

उहाँले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारको गरेको सङ्घर्ष र खेलकुदको विकासको लागि गरेको कामको स्मरण गर्दै सम्मान व्यक्त गर्नुभयो ।




भर्खरै