विराटनगर । इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।
माङ्सेबुङ–५ मा जङ्गली च्याउ खाएर विरामी परेका १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङको उपचारको क्रममा आईतबार मृत्यु भएको हो ।
सोही स्थानका धनराज साङ्बाङ भने अवस्था भने गम्भीर रहेको इलाम प्रहरीले जनाएको छ ।
जङलबाट संकलन गरेर ल्याएको च्याउ खाएको केही घण्टामै वान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरलाई अस्पताल लगिएको थियो ।










