१९ मंसिर २०८२, शुक्रबार
,
Latest
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति



अ+ अ-

जुम्ला । असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो ।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । झण्डै आधा फिट असिना परेको थियो ।

वडाध्यक्ष रावतले भन्नुभयो, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।”

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।