१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन सकेन: घनश्याम भुसाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो टिप्पणी गर्नुभएको हो ।

सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको नेता भुसालको भनाइ छ । उहाँले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पतीमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख कारण भएको टिप्पणी गर्नुभयो । भुसालले दलाल पुँजीवाद, भ्रष्टाचार र बेरोजगारीको श्रृंखलालाई गणतन्त्रको मूल संकटको रुपमा चित्रण गर्दै नेतृत्व परिवर्तनले मात्र संकटबाट बाहिर निस्कन सकिने बताउनु भयो । उहाँले आफूलाई गणतन्त्रको कार्यकारी नेता भन्नेहरुले पद छाड्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्यो । कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरुको धेरै ठुला प्रयत्नले यो देश बिग्रिएको हो । नाफा कमाइरहने, उद्यम नखोल्ने पूँजीपति र नकमाएको सम्पतीमा बाँच्ने लिडरसिपको यो गठबन्धन जसलाई मैले दलाल पूँजीवाद भनेको छु । नेपालको विकासका सम्बन्धमा सबै पापहरुको बाउ त्यही नै हो जसले हाम्रो सुशासन र विकासलाई रोकेको छ । अब यसको समाधान भनेको म गणतन्त्रको कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् ।’

मुलुकको मसस्या बुझेर तद्अनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरु समाजमा जन्मिरहने उहाँको टिप्पणी छ ।