२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाबाट अनधिकृत भित्रिने गरेका माछामा प्रयोग हुने ‘फर्मालिन’लाई तत्काल रोकौँः मुख्यमन्त्री सिंह



अ+ अ-

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रुपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताउनुभएको छ ।

अवैध रुपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताउनुभएको हो । जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘हामी खुला बोर्डरमा छौँ । हाम्रो खुला सीमाना भएको हिसावले धेरै सामानहरु यताबाट उतार  उताबाट यता भइरहेको छ । त्यो चाहेर पनि हामीले रोक्नसक्ने स्थिति छैन । राष्ट्रलाई कुखुरा, अण्डा, माछामा आत्मनिर्भर भइसकेको थियो । तथापि बोर्डरबाट अनधिकृत रुपमा आएर यहाँका किसानहरु ठूलो मर्कामा परेका छन् । माछा कस्तो आइरहेको छ भने त्यो फर्मालिन लगाएको माछा जो यहाँबाट प्याक भएर काठमाडौंसम्म जाँदो रहेछ । त्यसलाई रोक्नुपर्छ । त्यो खाएपछि क्यान्सर पक्कै लाग्छ ।’

मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गर्नुभयो । प्रहरी समायोजन गर्न पनि माग गर्नुभयो । सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने बताउनु भयो ।