२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिकार र जलवायु परिवर्तनले अफगानिस्तानमा वन्यजन्तु लोप हुँदै



अ+ अ-

एजेन्सी । ४५ वर्षीय कुर्बान अली काबुल चिडियाखानामा सिंह र भालुको घेराको हेरचाहकर्ता हुन् ।

अलीले २५ वर्षअघि जनावरहरूप्रतिको गहिरो लगावका कारण काबुल चिडियाखानामा काम गर्न थालेका थिए । त्यसबेलादेखि उनले हरेक दिन सिंह र भालुलाई लगनशीलताका साथ खुवाउँदै आएका छन् र हेरचाह गरिरहेका छन् । यदि दयालु व्यवहार गरियो र खाना र पानी प्रदान गरियो भने, सिंह र भालु पनि मानिसहरूसँग मिलनसार हुने उनको भनाइ छ । जनावर बस्ने ठाउँको हावा ताजा हुने उनको भनाइ छ ।

१९६७ मा स्थापित, काबुल चिडियाखाना अफगानिस्तानको एक मात्र राज्य–सञ्चालित प्राणी उद्यान हो । यसले स्तनधारी, सरीसृप, चरा र माछा सहित विभिन्न प्रकारका जनावरहरू अवलोकन गर्न आउने सयौं दैनिक आगन्तुकहरूलाई आकर्षित गर्दछ । यद्यपि अलीले पशु कल्याणको बारेमा जनचेतनाको अभावमा दुःख व्यक्त गर्छन् ।

वातावरणीय ह्राससँगै यस्तो गैरजिम्मेवारपूर्ण व्यवहारले रोगको प्रकोप र वन्यजन्तुहरूको क्रमिक लोपमा योगदान पु¥याउँछ भन्ने अली विश्वास गर्छन् । विश्वव्यापी तापक्रम वृद्धि, दशकौंको असुरक्षा, अवैध र अनियन्त्रित शिकार, वन फँडानी र जैविक विविधताको मूल्यको बारेमा व्यापक अज्ञानताका कारण अफगानिस्तानको जैविक विविधता गम्भीर खतरामा छ ।वन्यजन्तुबाट मोहित युवा आगन्तुक युसुफ वर्षमा दुईदेखि तीन पटक साथीहरूसँग चिडियाखानामा आउँछन् । उनले वातावरण संरक्षण गर्न अवैध शिकारलाई रोक्नुपर्ने आवश्यकतामा जोड दिए ।

काबुल चिडियाखानाका पशु चिकित्सा सेवा निर्देशक अब्दुलरहमान मिवान्डले भौगोलिक जोखिम र बदलिँदो जलवायु ढाँचाका कारण अफगानिस्तानको जैविक विविधता गम्भीर जोखिममा रहेको चेतावनी दिए । अफगानिस्तानमा चरा, सरीसृप, माछा र स्थानीय बोटबिरुवा सहित लगभग १४९ प्रजातिहरू लोपोन्मुखको रूपमा सूचीवद्ध छन् । जसमा ६० चरा प्रजातिहरू लोप हुने जोखिममा छन् । पेलिकन र क्रेन जस्ता चराहरू र क्यास्पियन बाघ र जंगली मोर जस्ता जनावरहरू हालैका वर्षहरूमा अफगानिस्तानबाट पहिले नै हराइसकेका छन् ।

मिवान्डकाअनुसार, व्यापक लोप र अनियन्त्रित शिकारले जलवायु तनाव र खडेरीदेखि सांस्कृतिक क्षति र आर्थिक अस्थिरतासम्मका अफगानिस्तानका चुनौतीहरूलाई तिब्र बनाउन सक्छ । उनले संरक्षण, सार्वजनिक शिक्षा र वन्यजन्तु बेचबिखन र क्रूरता विरुद्ध कडा कार्यान्वयनमा लगानी गर्न आग्रह गरे ।

नोट्रे डेम ग्लोवल अनुकुलन पहलकाअनुसार अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका सात देशहरूमा पर्छ । चलिरहेको वातावरणीय संकटले कृषिलाई विनाश गरिरहेको छ, पशुधनलाई खतरामा पारिरहेको छ र ठूलो संख्यामा मानिसहरूलाई विस्थापित गरिरहेको छ । यसैबीच, काबुल विश्वविद्यालयको वातावरण विभागका प्राध्यापक दाऊद शिरजादले केही स्तनधारी र चरा प्रजातिहरूको लोपले अफगानिस्तानको स्थलीय र जलीय पारिस्थितिक प्रणालीलाई बाधा पु¥याएको बताए ।

अफगानिस्तानका वातावरणीय अधिकारीहरूले अवैध वन्यजन्तु व्यापार विरुद्ध लड्ने र शिकार रोक्ने आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेका छन् । राष्ट्रिय वातावरण संरक्षण एजेन्सीको प्राकृतिक सम्पदा विभागका प्रमुख हमेद साफीले गत वर्ष मात्र अधिकारीहरूले २६ हजार भन्दा बढी जनावरहरूको बेचबिखन रोकेका छन् । जसलाई त्यसपछि जंगलमा फिर्ता छोडिएको छ ।