६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोलीको लगातार तेस्रो जित, ग्लोसेस्टरशायरलाई ७३ रनले पराजित



अ+ अ-

काठमाडौं। आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिजअगाडिको तयारीमा जुटेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ।

बिहीबार सम्पन्न अभ्यास खेलमा नेपालले इंग्ल्यान्डको ग्लोसेस्टरशायर टिमलाई ७३ रनले पराजित गर्दै सानदार जित दर्ता गर्‍यो। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३५, दीपेन्द्रसिंह ऐरीले ३२, अनिलकुमार साहले २९ र आरिफ शेखले अविजित २२ रन बनाए।

बलिङमा ग्लोसेस्टरशायरका डेभिड पेन र अमन राओले समान दुई–दुई विकेट लिए। जवाफमा ब्याटिङ गरेको ग्लोसेस्टरशायर १७.३ ओभरमा मात्र १२१ रनमा अलआउट भयो। नेपाली बलर सन्दीप लामिछाने, नन्दन यादव र बसिर अहमदले दुई–दुई विकेट लिएर टिमलाई जित दिलाए।

अब नेपालले आगामी जुन २ देखि स्कटल्याण्डमा सुरु हुने आईसीसी विश्वकप लिग–२ सिरिजमा भाग लिनेछ।