२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’



अ+ अ-

काठमाडौँ । नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएकका छन् ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो ।

मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् । त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताउनु भयो । विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरु रहेको बताउनु भयो । यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने बताउनु भयो । यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताउनु भयो । मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि बताउनु भयो । सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताउनु भयो । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१० वर्षमा विपद्जन्य घटनाहरु हेर्दा बाढी, पहिरो, भारी वर्षा, चट्याङ त्यस्ता खालका घटनाहरु धेरै छन् । बाढीका १ हजार ६ सय २, पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको छ । २ हजार ४ सय छन् ।  ८ हजार ४ सय ४१ घटनाहरु मनसुनजन्य विपद्को हाम्रो १० वर्षमा भएका छन् ।’

उहाँले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गर्नुभयो ।