२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैभव सूर्यवंशीले पहिलो आईपीएलमा बनाएका रेकर्डहरु, एकलाई तोड्न त असम्भव नै



अ+ अ-

एजेन्सी । आइपीएल २०२५ को लिलामीमा बिहारका १४ वर्षीय वैभव सूर्यवंशीलाई राजस्थान रोयल्सले १.१ करोड रुपैयाँमा किनेको थियो । वैभवले लिलामीमा नै इतिहास रचे ।

उनी आईपीएल इतिहासकै सबैभन्दा कान्छा खेलाडी बने, जसमाथि यस सिजनमा सबैको नजर केन्द्रित थियो । राजस्थान रोयल्सका लागि आफ्नो डेब्यू खेलबाटै वैभवले ब्याटबाटै प्रभाव पार्दै सबैको मन जिते ।

लखनऊ सुपर जायन्ट्सविरुद्ध खेलिएको आफ्नो पहिलो खेलको पहिलो बलमा वैभवले छक्का प्रहार गर्दै विश्वलाई आफ्नो क्षमता देखाए ।

उनले आफ्नो डेब्यू खेलमा ३४ रन बनाए । यस सिजनको उनको उत्कृष्ट इनिङ गुजरात टाइटन्स विरुद्ध थियो, जब उनले ३८ बलमा १०१ रन बनाए ।

यसपछि, उनी अर्को दुई खेलमा शून्य रनमा आउट भए । तर ७ खेल खेल्दा उनले कुल २५२ रन बनाएर धेरै रेकर्ड तोडेका छन् । आइपीएल २०२५ मा वैभवले बनाएका ५ ठूला रेकर्डहरू जानौं ।

१. वैभव सूर्यवंशी आइपीएलको इतिहासमा सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १४ वर्षको उमेरमा डेब्यु गरेर इतिहास रचे ।

२. आईपीएलको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्ड पनि वैभव सूर्यवंशीको नाममा छ । उनले गुजरात टाइटन्स विरुद्ध शतक बनाए ।

३. वैभवले गुजरात टाइटन्सविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यानको रेकर्ड पनि बनाए ।

४. वैभव सूर्यवंशी २० वर्षको उमेर नपुग्दै आईपीएलको एक सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले जारी सिजनमा २४ छक्का प्रहार गरे ।

५. वैभवले आईपीएल इतिहासमा सबैभन्दा धेरै स्ट्राइक रेट (२०६.५६) को रेकर्ड पनि बनाए ।

यसका साथै, वैभवले आफ्नो आईपीएल डेब्यूको पहिलो बलमा छक्का प्रहार गरे ।

उनी एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने अनक्याप्ड खेलाडी पनि बने । यस मामिलामा उनले ९ छक्का प्रहार गर्ने इशान किशनको रेकर्ड तोडेका छन् ।

यस्तै, वैभव टी–२० इनिङमा केवल चौका प्रहार गर्दै ४० रन बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् । यो रेकर्ड सायदै तोड्न सकिन्छ ।