२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन १७ सय बढिले जिते कोरोना संक्रमण, संक्रमण जित्नेको संख्या १० हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा सोमबार एकैदिन १७०५ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका जानकारि गराउँदै प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलेसनबाट १,७०५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १० हजार २९४ पुगेको छ । यो संख्या कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत हो ।

देशभर आज २३ हजार ४७० जना क्वारेन्टाइनमा छन् भने ६ हजार ६१३ जना आइशोलेसनमा छन् ।