२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्याबारे प्रधानमन्त्रीको बोली उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा –राप्रपा अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको भनाईलाई राप्रपा अधयक्ष कमल थापाले  उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नभएको टिप्पणी गर्नुभएको छ । 

आज साझ सामाजिक संञ्जालमा टुईट गर्दे अध्यक्ष थापाले भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रधानमन्त्रीको ध्यान गएको भन्दै जिम्मेबार हुन आग्रह गर्नुभएको छ ।  

थापाले नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो नभएको भन्दै पदिय मर्यादामा बस्न सुझाब दिनुभयो छ ।