५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारको ठक्करबाट बालकको मृत्यु



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।

कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सितामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते बालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उहाँले बताउनुभयो ।

यसैबीच आज बिहान ललितपुर महानगरपालिका–२५ भैँसेपाटी आवासमा बस्दै आएका कोरियन नागरिक लिङ योङ चुनको कोठाबाट रु छ लाख बढीको धनमाल चोरी भएको छ ।

उनको आइप्याड एक थान, म्याक बुक एक थान, ल्यापटप एक थान र नगद रु चार लाख गरी करिब रु छ लाख १० हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस