१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य’



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘डिजिटल फ्रेमवर्क’को उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताउनुभएको छ ।

क्यान फेडरेसनले आयोजना गरेको ‘मल्टि स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.० एन्ड वे फर्वाड’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप सञ्चालनमा आए पनि प्रयोग गर्ने साक्षरतामा कमी रहेको बताउनुभयो । “डिजिटल फ्रेमवर्क साकार पार्न डिजिटल साक्षरता आवश्यक छ, हामीले साक्षरता पनि सँगै लैजानुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्वसमेत सरकारको रहेको प्रष्ट पार्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग समेत अनुकूलन हुनेगरी तयार गरिएको र यसले डिजिटल आधारस्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षाजस्ता आधारभूत पक्षहरूलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

सञ्चारसचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मस्यौदा तयार पारिएको बताउनुभयो । आवश्यक सुझाव दिन पनि उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अबको युग डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने बताउनुभयो ।