२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यकः प्रमेख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जनतालाई विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक पाण्डेले यस्तो बताउनुभएको हो ।

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले उपलब्ध स्रोत र साधनको उपयोग गरेर औद्योगिक विकास गर्न नसकेसम्म अगाडि बढ्न नसकिने समेत उल्लेख गर्नुभयो । पाण्डेले अगामी आर्थिक वर्षको बजेटमा छिटो उत्पादन दिने र परिणाममुखी योजनाहरुलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो । उहाँले सरकारले जेन–जी पुस्ताको कुरामा समावेश गर्नु स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले भर्खर जन्मेका शिशुहरुको कुरामा समेत ख्याल गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग स्रोत साधनहरु उपयोग गर्ने गरेर जबसम्म उद्योग निर्माण गर्न सक्दैनौं तबसम्म्म हामीले जतिसुकै कुरा गरेपनि अगाडि जान नसक्ने भयौं । अहिलेको समस्या भनेको जनताको विश्वास वृद्धि कसरी गर्ने भन्ने हो । सरकारप्रति, दलप्रति, व्यवस्थाप्रति, जनतालाई विश्वास दिलाउन आवश्यक रहेको छ । विश्वमा छिटो छिटो भइरहेको विकासका लागि कार्यगत रुपमा हामीले छिटो उत्पादन दिने खालका विषयवस्तुहरुमा ख्याल गरौँ । जेन–जीको कुरा पनि आएको छ । त्यो ठिक छ तर भर्खर जन्मेको शिशुको बारेमा पनि हेर्नुपर्यो । त्यसकारण कार्यगत कुरा र नीतिगत कुरामा ख्याल गरेर अगाडि जानुपर्छ ।’

अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य बनाउन प्रमुख सचेतक पाण्डेको सुझाव छ ।