२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हजयात्रीलाई शुभकामना दिने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता रहेको उल्लेख गर्नुभयो । उहाँले विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘इस्लाम धर्मावलम्वीहरुको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त गर्नेछन् । यस्तो पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरुको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ । हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यान आकर्षण गराउन चाहन्छु । बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता छ । विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्छ । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी छ ।’

राष्ट्रपति पौडेलले इस्लाम धर्मावलम्वीहरुको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरुको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने पनि बताउनु भयो । सो असवरमा राष्ट्रपतिलाई हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिनुभएको थियो ।