२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा ९९ लाख नगद सहित सुन व्यापारी समातिए



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले सुन चाेरी पैठारी गरी राजश्व चुहावट गरेकाे अभियाेगमा भैरहवाकाे गल्ला मण्डीस्थित साेनी ज्वेलर्सबाट ९९ लाख नगद बरामद गरी अनुसन्धान शुरू गरिएकाे जनाएकाे छ ।

विभागका अनुसार, सोनी ज्वेलर्सका प्रोप्राईटर सुनिल सुनार र निजका सहयोगी अमित परियार समेतले अवैध सुन चोरी पैठारी गरी राजस्व चुहावट तथा अवैध आर्थिक कारोवार गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले बुटवलस्थित राजमार्ग चौराहाबाट सवारी साधान सहित सुनिल सुनारलाई कब्जामा लिई चेकजाँच गर्दा अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरी लुकाई ल्याउँदै गरेको नगद रु. ७३ लाख ५५ हजार बरामद गरी निजको पक्लिहवा स्थित घर र सोनी ज्वेलर्स गल्लामण्डी भैरहवा समेतमा खानतलासी गर्दा उक्त स्थानहरुबाट नगद रु.२५ लाख ५० हजार बरामद भएको थियाे ।

विभागले आर्थिक कारोबारसंग सम्वन्धित कागजातहरु समेत बरामद गरी  कब्जामा लिई निज सुनिल सुनार र निजका सहयोगी अमित परियार समेतलाई तत्काल पक्राउ गरी राजस्व चुहावट समेतको कसूरमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (संसोधन सहित) बमोजिम अनुसन्धान कार्य शुरु गरिएको जनाएकाे छ ।