काठमाडौँ। रेशम चौधरी पक्राउ प्रकरणमा पक्राउ परेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विष्टले चौधरीलाई पक्राउ गर्न लेखेको पत्रलाई सर्वोच्च प्रशासनले ‘अनधिकृत’ भनेपछि उनी वैशाख १७ मा पक्राउ परेका थिए। हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनको विरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।










