१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

सगरमाथा संवादः नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसर

सगरमाथा संवादः नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसर
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन न्युनिकरणका सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्न महत्वपूर्ण अवसर बन्ने विश्वास गरेका छन् ।

बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सरस्वती सुब्बाले सगरमाथा संवादले जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा बुझाइ बढाउन, जलवायुजन्य जोखिम न्युनिकरणका लागि साझा योजना निर्माण गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले मानव जीवनका दैनिक गतिविधिमा समेत नकारात्मक असर परिरहेको र मिचाहा प्रकृतिका विरुवा र जंगली जनावर कृषिका लागि चुनौति बन्दै गएको बताउनु भयो । त्यसैले जलवायु परिवर्तनको असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा देखिएका समस्या सगरमाथा संवादले सम्बोधन गर्नसक्ने सांसद सुब्बाको दावी थियो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले यही जेठको २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना गरेको छ । यसले जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा बुझाइ बढाउन, जलवायुजन्य जोखिम न्युनिकरणका लागि साझा योजना निर्माण गर्न र जलवायु परिवर्तन न्यूनीकरणका सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गर्न महत्वपूर्ण अवसर बन्ने विश्वाससहित कार्यक्रम सफलताको कामना गर्दछु । जलवायु परिवर्तनका कारण तापक्रम बृद्धि भइरहेको र यसले हिउँ पग्लिनेदेखि हिमताल फुट्ने र समुद्री सतह बढेर डुवान कटानजस्ता जोखिम पनि बृद्धि हुने खतरा चर्चामा छ । यसबाट हरेक वर्ष खर्बौंको हाराहारीमा क्षति हुने गरेको छ । मानव जीवनका दैनिक गतिविधिहरुमा समेत नकारात्मक असर परिरहेको छ । मिचाहा प्रकृतिका विरुवा र जंगली जनावर कृषिका लागि ठूला चुनौति बन्दै गएका छन् । पानीको मूल सुक्न थालेका छन् । सुख्खापन बढेर मानिसको स्वास्थ्य, आनिवानी, खानपान, रोजगारी र उद्यमशीलतामा समेत असर परिरहेको छ । त्यसैले जलवायु परिवर्तनको असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम होस् ।’

नेकपा एमाले सचेतक सुनिता बरालले सगरमाथा संवादले आजको युगमा जलवायु संकटको मारमा परिरहेका साना, विकासोन्मुख र हिमाली राष्ट्रहरुको साझा आवाज बन्ने दृढ योजना बोकेको बताउनु भयो । उहाँले विगतका संवादहरुमा उठाइएका विषयलाई जीवन्त राख्दै यसपटक पनि जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्तित्व जस्ता महत्वपूर्ण विषयहरुमा संवाद केन्द्रित रहने जानकारीसमेत दिनुभयो । सगरमाथा संवाद ग्लोवल साउथको साझा एजेण्डा एकीकृत गर्न थप गति दिने बताउँदै उहाँले विचारशील र नैतिक शक्तिमार्फत विश्वमा प्रभाव छाड्न र सर्ट पावर कुटनीतिको उत्कृष्ट अभ्यास बन्नसक्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भोलिबाट नेपाल सरकारले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेको छ । यस संवादले यस युगमा जलवायु संकटको मारमा परिरहेका साना, विकासोन्मुख र हिमाली राष्ट्रहरुको साझा आवाज बन्ने दृढ योजना बोकेको छ । नेपालले विगतका संवादहरुमा उठाएका विषयहरुलाई जीवन्त राख्दै यसपटक पनि जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्तित्व जस्ता महत्वपूर्ण विषयहरुलाई केन्द्रित गरेको देखिन्छ । यसले नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसर प्रदान गरेको छ । जलवायु परिवर्तन, आप्रवासन, जलसंकट र सामाजिक असमानताजस्ता विषयमा नेपालले साना राष्ट्रहरुको अग्रणी नेतृत्व लिने अवसरपनि छ । सगरमाथा संवादले ग्लोवल साउथको साझा एजेण्डा एकीकृत गर्न थप गति दिने छ । सगरमाथा संवाद विचारशील र नैतिक शक्तिमार्फत विश्वमा प्रभाव छाड्ने सर्ट पावर कुटनीतिको उत्कृष्ट अभ्यास बन्नसक्छ ।’

सरकारले आयोजना गरेको सगरमाथा संवादले नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसरपनि प्रदान गरेको उहाँहरुको भनाइ थियो ।