२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । गर्मी सुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौँ महानगरपालिका–२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको निधन भएको घटनामा ग्याँस लिक भएर आगलागी भएकाले ग्याँस सिलिण्डरको अनुगमन गर्न माग गर्नुभयो । केही वर्षअघि कमलपोखरीमा पनि यस्तै घटना भई एक कामदारको निधन भएको घटनाको स्मरण गराउँदै उहाँले बजारबाट वितरण भइरहेको ग्याँसको अनुगमन नभएको बताउनुभयो ।

काठमाडौँका भित्री शहरका ठाउँठाउँमा अग्नि नियन्त्रक राख्न पनि सांसद राजभण्डारीले माग गर्नुभयो । ग्याँस सिलिण्डर र पेट्रोल पम्पका कारण आगलागीको जोखिम बढेकाले यसबाट सुरक्षित हुने अवस्था निर्माणका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठाकुर गैरेले आर्थिक अनुशासन कायम हुन नसकी बेरुजु वृद्धि भएर अर्थतन्त्रमा असर पर्न सक्ने भएकाले आर्थिक अनुशासन कायम गर्न माग गर्नुभयो । अहिले रु सात खर्ब ३३ अर्बभन्दा बढी बेरुजु वृद्धि भएको महालेखाको प्रतिवेदनमार्फत् सार्वजनिक भएको उहाँले उल्लेख गर्नुभयो । अर्थ मन्त्रालयमै धेरै बेरुजु रहेको तथ्य बाहिर आएकामा सांसद गैरेले यस्तो अर्थतन्त्रले पर्न सक्ने प्रभावको विश्लेषण गरेर काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्र पौडेलले धादिङबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटनामा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले बुधबार मक्खनको आगलागीमा परी ८० वर्षीया वृद्धाको मृत्यु भएको घटना र आज बिहान सतुङ्गलमा भएको आगलागीले ठूलो धनको क्षति भएको बताउनुभयो । आगलागी तत्काल निभाउन सबै स्थानीय तहमा दमकल छ कि छैन? भनी प्रश्न गर्दै उहाँले भित्री शहरमा आगलागी नियन्त्रणका व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा आपत्ति जनाउँदै सरकारले कानुन उल्लङ्घन गरिरहेको बताउनुभयो । दलीयभन्दा गभर्नरमा स्वतन्त्र व्यक्ति नियुक्त गर्न उहाँले माग गर्नुभयो ।




भर्खरै