२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल सुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल सुरु भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विषय केन्द्रित छलफल हुने स्रोतले जनाएको छ ।  

गत असार १० गतेबाट जारी पार्टीको स्थायी समिति बैठकमा ओलीको राजीनामा मागिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित भएको थियो । 

समाधानमा सहमतिको प्रयास गर्ने समझदारी भए पनि ओली–प्रचण्डबीच ६ दिनपछि मात्र छलफल भएको हो । 

नेकपाको आन्तरिक संकट सहमतिमै टुंगिने नेताहरूले दाबी गर्दै आए पनि नयाँ सहमति भने भइसकेको छैन ।