१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँः महासचिव पोखरेल

एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँः महासचिव पोखरेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताउनु भयो । उहाँले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा मिलिजुली सरकार नभइ एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने बताउनु भयो । महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरुलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताउनु भयो । राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउन निजी क्षेत्र एक भएर उभिनुपर्ने बताउनु भयो । प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नेकुरा । यो मिलिजुली सरकार होइन । बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा काँग्रेसले जितेपनि, जसले जितेपनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ त भन्दा यस्तै प्रकारको नीतिगत सुधारका लागि हो । तर तपाईंहरु जबसम्म राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउनु पर्दछ भन्नेकुरामा निजी क्षेत्र एक भएर उभिँदैन । तबसम्म यि कुरा कठिन छन् । त्यस अर्थमा सुधारको विषय तपाईंहरुको पनि संकल्प बन्नुपर्छ । माग गरेर मात्रै हुँदैन । वातावरण तयार गर्नेकुरा पनि त्यत्तिकै जरुरी छ । प्रशासनिक झमेला र सुधारको सन्दर्भको कुरा छ । नेपालमा हरेक क्षेत्रले व्यहोरिरहेको समस्या हो यो । नेपालको ब्युरोकेसीलाई लोभी कसले बनायो भन्दा तपाईं हामीले बनाएका छौँ । अर्कोतिर इमान्दार भनिएकाहरु कस्ता छन् भने कामै नगरी बिताउने खालका छन् । भ्रष्टहरुले कति भ्रष्टाचार गर्छन् होला भन्दा लगानीको १५ प्रतिशतसम्म आर्जन गर्दछन् होला । नोक्शान पुर्याउँछन् होला । तर विलम्व गर्नेले शतप्रतिशत नोक्शान पुर्याउँछ । अर्थात लागत दुई गुणा वृद्धि गर्दिन्छ ।’

महासचव पोखरेलले मौद्रिक नीति स्थिर बनाउन नसके व्यवसायका जोखिमहरु जहिले पनि रहने बताउनु भयो । आर्थिक विकासमा मौद्रिक नीतिको स्थिरता जरुरी रहेको उल्लेख गर्नुभयो ।