२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका थप ७ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्र गौतमले काठमाडौँमा थप ७ जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिए।

गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रबारज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।