२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका तीन शीर्ष नेताहरु बालुवाटारमा, सहमति जुटाउने प्रयास



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाका तीन शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार शीर्ष नेताहरु बालुवाटारमा जुटेका हुन् । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भइरहेको छलफलमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगै वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएका छन्। 

बुधबार अध्यक्षद्वयबीचको छलफलमा पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुनः छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेकाले नेपाल पनि सहभागी भएका हुन्।

पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन्।  

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ। पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ।