५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतद्वारा सुदीपको परिवारलाई भेट, दोषीलाई कारबाहीको आश्वासन



अ+ अ-

काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारलाई नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

राजदूत श्रीवास्तव आइतबार रुपन्देहीस्थित सुदीपको निवासमा पुगेर शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् । भेटका क्रममा उनले भारत सरकार दोषीलाई न्यायको कठघरामा ल्याउने विषयमा दृढ रहेको स्पष्ट पारेका छन् । ‘पीडित परिवारहरूलाई न्याय दिलाइनेछ,’ श्रीवास्तवको भनाइ उद्धृत गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भनेको छ ।

घुमघामका लागि पहलगाम पुगेका सुदीपलाई हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेका थिए । उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो। भारत सरकारले घटनापछि पाकिस्तानस्थित आतंकवादी अखडालाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य अभियान सञ्चालन गरेको थियो । उक्त कारबाहीमा आतंकवादी संरचनालाई परास्त गरिएको भारतको दाबी छ ।