२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्र नखोले चरणवद्ध आन्दोलनमा जाने व्यवसायीको चेतावनी



अ+ अ-

काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् ।

‘टुरिजम अम्ब्रेला एसोसिएसन’ले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रलाई तत्काल खोल्न नचाहेको बताउँदै विस्तारै खोल्ने नीति नलिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष अच्युत गुरागाईले पर्यटन क्षेत्रलाई विस्तारै खोल्दै जाने नीति नलिए आगामी सातादेखि चरणवद्ध आन्दोलनमा जाने बताउनुभयो ।

एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले स्वास्थ्य सुरक्षाको सावधानीका उपायहरु अपनाएर आन्तरिक र बाह्य उडानलाई खोल्नुपर्ने बताउनुभयो ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले एशिया प्रसान्त क्षेत्रका धेरै देशहरुले पर्यटन क्षेत्रलाई खोलिसकेको अवस्थामा नेपालले नखोले पछाडि पर्ने बताउनुभयो । उहाँले कोभिड १९समस्या तुरुन्तै समाधान नहुने भएकाले कोभिड सँगै जीउने गरी पर्यटन क्षेत्रलाई खोल्नुपर्ने बताउनुभयो ।

व्यवसायीहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले सन २०२० अगष्ट १ देखि आन्तरिक हवाई उडान र अगष्ट १५ देखि अन्तराष्ट्रिय उडान नियमित तालिका अनुसार सुचारु गर्न माग गरेका छन् ।

त्यस्तै पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिन र पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्न माग गरेका छन् ।