४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राजनीतिप्रति बढ्दो वितृष्णा सम्बोधन नगर्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा अगामी आिर्थक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो टिप्पणी गर्नुभएको हो ।

नीति तथा कार्यक्रम आम नागरिकमा देखिएको राजनीतिप्रतिको वितृष्णा हटाउने गरी नआएको उहाँको भनाइ छ । उहाँले १५५ बुँदामा आधारित कार्यक्रमले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध बनाउने कुनै स्पष्ट दिशानिर्देश नदिएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिज्ञप्रति जनतामा वितृष्णा बड्नु सामान्य भएपनि राजनीतिप्रति वितृष्णा बढ्दा व्यवस्थामाथि गम्भिर खतरा हुने धारणा राख्नुभयो । संविधान कार्यान्वयनका लागि नीति तथा कार्यक्रम निर्णायक माध्यम हुनुपर्ने धारणा राख्दै प्रमुख सचेतक परियारले आगामी बजेटलाई जनताका मौलिक अधिकार कार्यान्वयन गर्ने बलियो हतियारका रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा मात्रात्मक विकासबाट गुणात्मक विकासमा फड्को मार्ने कुनैपनि नीति तथा कार्यक्रम आएन । १५५ बुँदामा आएको यो नीति तथा कार्यक्रमले हामीले परिवर्तन गरेको राजनीतिक व्यवस्थाप्रति जनतालाई प्रतिवद्ध बनाउन सक्नुपथ्र्यो । हामी सबैलाई चिन्ता छ सम्माननीय सभामुख महोदय अहिले राजनीतिप्रति वितृष्णा छ । राजनीतिज्ञप्रति वितृष्णा हुनु खासै ठुलो कुरा होइन । तर राजनीतिप्रति नै वितृष्णा हुनु भनेको त्यो सधैं समाजका विरुद्ध हुन्छ । राजनीतिप्रति वितृष्णा हुनु खास ठूलो कुरा होइन तर राजनीति र व्यवस्थामाथि नै वितृष्णा हुनु भनेको खतरनाक हुन्छ । हामीले भौतिक विकास मात्र होइन समाजको विकास गर्नुपर्दछ । र लोकतान्त्रिक प्रणालीको पनि विकास गर्दै लैजानुपर्दछ । अर्कोतर्फबाट हामीले यो बजेटलाई संविधान कार्यान्वयन गर्ने एउटा बलियो हतियारको रुपमा पनि प्रयोग गर्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रममा कुनैपनि नविन कार्यक्रम समावेश नभएको कारण आजको पुस्ताको प्रतिनिधित्व गर्न नसक्ने उहाँको जिकिर छ ।