२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुदकाे याेगदान महत्त्वपूर्ण छ-प्रमुख भट्ट



डिल्लीराज भट्ट / फाइल फोटो
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुदकाे याेगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले यस्ता प्रतियोगिताले दूरदराज गाउँबाट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउने बताउँदै उहाँले यसले आत्मसम्मान, सामाजिक सीप विकासका साथै नेतृत्व र क्षमताको पनि विकास गराउने धारणा राख्नुभयो । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍याउने भएकाले यसको विकास र सम्वर्द्धन जरुरी रहेको उहाँको भनाइ छ ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिने धारणा राख्नुभयो । खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनुपर्ने उहाँले बताउनुभयो ।

माछापुच्छ्रे-६ का वडाध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत केशव सुवेदी, सन्देश अधिकारीलगायत कर्मचारी र जनप्रतिनिधिले धारणा राख्नुभएको थियो । रासस




भर्खरै