४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले बहराइनलाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित हात पारेको छ ।

वर्षाका कारण ५–५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको जितमा कविता कुँवरले १८ तथा सम्झना खड्काले अविजित १८ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनायो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् ।

नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् । अब नेपालले अर्को खेल मे १३ मा हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समूह सी मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समूह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समूह विजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् ।