५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न



अ+ अ-

काठमाडौँ। विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य तथा आसपासका सम्पदास्थलमा सरसफाइ तथा रङरोगन गरिएको छ । यस वर्षको २५६९औँ बुद्धजयन्तीका अवसर पारेर ती सम्पदास्थलमा रङरोगन गरिएको हो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्थानीयवासी, विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा उक्त क्षेत्रमा सरसफाइ गरी फोहर व्यावस्थापन गरेको छ । यही वैशाख २९ गते बुद्धजयन्तीका दिन विश्व शान्ति तथा मानव कल्याणको कामनासहित थेरवाद, महायान र बज्रयान गरी तीनै बौद्ध सम्प्रदायका गुरुहरूबाट बुद्ध पूजा गरिने छ ।

बुद्धका उपदेशलाई सामूहिक वाचन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा शान्तिको सन्देश प्रवाह गरिने जनाइएको छ । बौद्ध ग्रन्थहरूको गरिने पाठले सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । बौद्ध साहित्यमा तीन सम्प्रदायलाई त्रियान पनि भनिन्छ ।

सम्पूर्ण मानव तथा प्राणीहरूको कल्याणका लागि बुद्धको शिक्षा उपयोगी रहेकाले उक्त सन्देश विश्वभर प्रवर्द्धन गर्न स्वयम्भू विकास मण्डलको उत्तरपट्टि बुद्ध जीवनी प्रदर्शन गरिने महासमिति सदस्य राजुकुमार लामाले जानकारी दिनुभयो । विसं २०७२ मा भूकम्पले त्यस क्षेत्रका सम्पदामा पुर्याएका क्षतिग्रस्त संरचनाको जीर्णोद्धार गरी महासमितिले सोही दिन ऐतिहासिक तथा पुरातात्विक महत्वका फोटो प्रदर्शनी गर्ने जनाएको छ ।

स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा पर्व, संस्कृतिको संरक्षण गर्दै आएको महासमितिले वैशाख पूर्णिमा मेलालाई व्यवस्थित गर्न योजना बनाएको महासमिति सचिव चन्द्ररत्न बुद्धाचार्यले बताउनुभयो ।

महासमितिले २५६९औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरेको छ । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायत प्रतिनिधि छन् ।

बुद्ध जयन्तीका दिन पूजा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट आउने धर्मावलम्बीका सहजताका लागि बिहान ४ः०० बजेदेखि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ । रासस




भर्खरै