२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह : देउवा, पौडेलको पछि नलाग्नुस्, सिंगो पार्टीका पछि लाग्नुहोस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई कसैको गुटमा नलाग्न आह्वान गरेका छन् । नेता पौडेलले १४ औं महाधिवेशनमा देउवा वा पौडेल भन्दै कसैको पक्षमा नटासिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले व्यक्तिका पछाडिभन्दा पनि लोकतान्त्रिक गणतन्त्र र सिंगो पार्टीका पछि लाग्न आग्रह गर्दै व्यक्ति हेरेर पार्टी सभापति शेरबहादुर देउवा वा आफ्नो पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले १४ औं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गर्न पनि आग्रह गरे। ‘जनतामा कांग्रेसप्रति नराम्रो सन्देश गएको छ। यो बिडम्बना हो,’ उनले भने, ‘कांग्रेसले संविधान ल्याउने। लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टीले नै चुनाव हारेर राम्रो गरेन। गणतन्त्र र संविधान कार्यान्वयनका बेला कम्युनिष्टको हातमा गयो यो बिडम्बना हो।’