१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बरबादी भएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताउनु भयो ।

उहाँले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै नीति तथा कार्यक्रमको छलफल र बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी रहेको आवश्यकता औँल्याउनु भयो । सांसद शर्माले सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद र जनतालाई सुनाउने मात्र नबनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले लोकतन्त्रको विधि अनुशरण गर्न अप्ठ्यारो र असहजता मानिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, “मलाई अनौठो लागिरहेको छ, लोकतान्त्रिक व्यवस्थामा स्थापना भएको सरकारले लोकतन्त्रको विधि अनुसरण गर्न किन अप्ठ्यारो मानिरहेको छ । किन यसमा यति धेरै असहजता महशुस भइरहेको छ । यसमा मलाई अनौठो लागेको छ, त्यसैले बाध्य भएर के भन्न बाध्य छौँ भने यो नीति तथा कार्यक्रम कर्मकाण्डी छ, यो नीति तथा कार्यक्रम परम्परा धान्न आएको छ, यसमा कमा र फुल स्टप पनि परिवर्तन हुनेछैनन् । हामीले समयको बरबाद मात्र गरिरहेका छौँ । त्यस कारण यस्तो खालको नीति तथा कार्यक्रम र यस्तो खालका बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी छ । यसतर्फ सरकारले सोचोँस । सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद् र बाहिर जनतालाई सुनाउने मात्र नबनाइयोस् ।”

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकको आस र अपेक्षालाई पूरा गर्न नसक्ने बताउनु भयो ।