१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डीः कार्यवाहक सभापति अर्याल

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डीः कार्यवाहक सभापति अर्याल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डीमा आधारित नीति भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीका सांसदहरुले रचनात्मक सुझाव दिएको भएपनि सुझाव कार्यान्वयन नहुने कुरामा शंका नरहेको बताउनु भयो । उहाँले विगतमा जस्तै यस पटकको नीति तथा कार्यक्रम पनि हुबहु पारित हुने भन्दै छलफलमा भाग लिनु समयको बरबादी मात्रै भएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रमले स्थानीय सरकारलाई स्रोतसाधनबाट टाढा राखेर कमजोर बनाएको बताउनुभयो । उहाँले संघीयतालाई बलियो बनाउने हो भने ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रमको बहस सत्तापक्ष र प्रतिपक्षको हार र जितको रुपमा हेर्ने संस्कारले देश र जनताले हारिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमको बहस सत्तापक्ष र प्रतिपक्षबीचको हार जितको रुपमा हेर्ने संस्कारले हामीले सधैँ जनता र राष्ट्रलाई हराइ रहेका छौँ । जित्ने नाममा रचनात्मक कुराहरुलाई समेट्दैनौँ र गलत कुराहरुलाई पनि पारित गरिदिन्छौँ । भनौ यस वर्षको नीति तथा कार्यक्रम पनि विगतमा जस्तै हुबहु पारित गरिन्छ, त्यसैले यो छलफल कर्मकाण्डी हो, समयको बरबादी हो, विचार र सिर्जनाको अस्वीकार हो भन्ने हाम्रो बुझाइ हो, पहिला यो वास्तविकता स्वीकारौँ । तर हामी यस्तो संस्कारको अन्त्य गरी फरक संस्कारको शुरु गर्न चाहन्छौँ, आम सरोकारवालाहरुसँगको सम्बाद र सल्लाहमा विगतका वर्षहरुको काम सिकाइ र भोगाइको आधारमा दीर्घकालिन विकास योजनाको ध्यय तथा लक्ष्यको आधारमा समयमै नीति तथा कार्यक्रम संसदमा पेश गरी सबै माननीय सांसदहरुको विचार र रचनात्मक रायलाई समावेश गरी नीति तथा कार्यक्रम गराउनेछौँ ।’

‘त्यो समय आउने छ, समयले साथ दिनेछ । अहिले हामी सबैलाई व्यवस्थाको चिन्ता छ र के हामीले संघीयतालाई अझ दरिलो र बलियो बनाउने नीति,योजना र कार्यक्रम ल्याएका छौँ ? संघमा बस्ने हामीहरुको व्यवहार संघीयतालाई मलजल गर्ने खालको छ कि वितृष्णा बढाउने खालको ?स्थानीय तहलाई स्रोत साधनयुक्त बनाउने पर्ने हो तर बजेट विनियोजनलाई स्थानीय तहलाई कमजोर बनाइएको छ । जनशक्ति हकमा स्थानीय तहले कर्मचारी नपाएर कार्यक्रम सम्पादन गर्न पाएका छैनन् । विनियोजित बजेट जम्मा ७४ प्रतिशत भन्दा बढी खर्च गर्न सकिरहेको अवस्था छैन, यस प्रकारले अहिलेको प्रदेश संरचना हामीले धान्न सक्दैनौँ । प्रदेशको हालको ढाँचा यो रुपमा राख्नु हुँदैन भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

कार्यवाहक सभापति अर्यालले नेपाली जनताले भोक खप्न सक्ने तर अन्याय र बेथिति खप्न नसक्ने बताउनु भयो । उहाँले नीति तथा कार्यक्रमले सुशासन कायम गर्ने कुरा समावेश गरेको भएपनि कसरी सुशासन दिने भन्ने उल्लेख नभएको बताउनु भयो ।