२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकलगत्तै ओली प्रचण्ड शीतल निवासमा ! साथमा विष्णु पौडेल र जनार्दन शर्मा



अ+ अ-

काठमाडौं । आज बालुवाटारमा सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । उनीहरुसँग साथमा दुई नेता विष्णु पौडेल र जनार्दन शर्मा पनि रहेको बताइएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज करिब साढे ४ घण्टासम्म सचिवलाय बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा नै महाधिवेशन गर्ने, त्यसपछि आफू नउठ्ने र पार्टी अध्यक्ष पद सहजै हस्तान्तरण गर्ने भनेपछि यो नयाँ प्रस्तावमा कुराकानी भएको बताइएको थियो । त्यो बैठकमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई लिखित प्रतिबद्धता मागेका थिए । त्यस विषयमा एक, दुई दिनमा छलफल गरी टुंग्याउने कुरा भएपछि आजको बैठक सकिएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका र उहाँको केही पछि अध्यक्ष अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेका थिए ।  

समाचार स्रोतले भन्यो उनीहरुका साथमा महासचिव विष्णु पौडेल र अर्का नेता जनार्दन शर्मा पनि रहेको समाचार स्रोतले बतायो ।
उता प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि जारी बैठकमा पार्टीको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । उनले भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बस्ने पनि जानकारी दिए ।

सहमतिका आधारमा आगामी मंसिरमा महाधिवेशन गर्ने बारेमा कुराकानी भएपछि आजको बैठक सकिएको र त्यसलगत्तै दुवै अध्यक्ष शीतल निवास पुगेकोले यसलाई महत्वका साथ लिइएको चर्चा चलेको छ ।