२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिमको प्रश्न –दक्षिण एशियाली सपना कोमामा छ, ब्युँताउने हो कि मर्न दिने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रश्ताव गर्ने मौका पाएको स्मरण गर्नुभयो । उहाँले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एशियाली सपना कोमामा रहेको बताउँदै त्यसलाई कोमामै राख्ने, मर्न दिने वा ब्युँताउने भन्नेमा निक्र्यौल गर्नुपर्ने बताउनु भयो । उहाँले तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनुभएको स्मरण गर्दै अहिलेको सरकारबाट उक्त अपेक्षा नरहेको बताउनु भयो । उहाँले श्वेत पत्र आउने अपेक्षा पनि नरहेको बताउँदै माग भने गर्न चाहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो १८ औँ सार्क शिखर सम्मेलन यही काठमाडौंमा भएको थियो । १० वर्ष नाघिसक्यो । त्यतिखेर कुन थिम राख्ने भन्दा मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिए । शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एशियाली सपना आज कोमामा छ । कोमामै राख्ने हो कि, यसलाई मर्न दिने हो कि । यसलाई ब्युँताउने हो, यसबारे हामीले निक्र्यौल गर्नुपर्ने छ । तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनुभएको थियो । भारतसँग सम्बन्ध नबिगारीकन । त्यसको लागि गहिरो अध्ययन, उच्च नैतिकता र फराकिलो अनुभव चाहिने थियो । त्यस्तो अपेक्षा अहिलेको नेतृत्वबाट छैन । एउटा श्वेत पत्र आहोस् भन्ने अपेक्षा पनि छैन । तर माग भने म गर्न चाहन्छु ।”
उहाँले अहिलेको सरकार र नेतृत्वबाट राम्रो कुराको आश र अपेक्षा गर्न नसकिने टिप्पणी गर्नुभयो ।