५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिनुभएको हो ।

संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उहाँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रह बिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिनुभयो । राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधि भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्याउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गत चैत्र १५ गतेको दिन काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरुबाट आयोजना गरेको प्रदर्शनका क्रममा भएको विध्वंसात्मक घटनालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । यस विषयमा संसदमा तत्काल विषयवस्तर प्रश्तुत गर्ने समय नरहेको र सदन अन्त्यतर्फ रहेको हुनाले प्रतिनिधि सभाका सम्मानित समितिहरुमा मैले सरकारको धारणा, गृह मन्त्रालयको धारणा र मेरो व्यक्तिगत धारणा राखिसकेको व्यहोरा जानकारी गराउँदछु । यस घटनाका सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको, घटना संलग्नहरुलाई नियन्त्रणमा लिई बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको व्यहोरा जानकारी गराउँदछु । यो घट्ना विध्वंसात्मक र संविधान विरोधि थियो । अहिलेका व्यवस्थाका विरुद्धमा थियो । संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकमा सुरक्षाको प्रत्याभुति दिलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाद उपयोग गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ । वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने कुनैपनि गतिविधि वा क्रियाकलापहरु सह्य हुने छैनन् ।’

सांसदहरुद्वारा सदनमा उठाइएका विषयहरुप्रति सरकार गम्भिर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ ।