१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

सरकारको नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषणः सांसद शाही

सरकारको नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषणः सांसद शाही
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश अहिले आर्थिक र विकासको हिसावले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताउनु भयो । उहाँले रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गर्नुभयो । उहाँले विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट देखिएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “देश अहिले आर्थिक र विकासको हिसाबले यस्तो सङ्कटको मोडमा छ, यहाँ देशका प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा छन् । बेरोजगार युवाहरू विदेशीन बाध्य छन् । तर, आम नागरिकको पीडामा सरकारको यो नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको छ । यसमा न परिणाम छ, न दृष्टिकोण छ । सरकारले यसपालिको नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरेको छ । तर, अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर यथार्थमा नीतिलाई भाषण जस्तो बनाएको छ । विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी आज भन्दा सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट भेटिन्छ । त्यो समयमा ल्याइएको नीति तथा कार्यक्रमको तुलनात्मक जवाफ यो नीति तथा कार्यक्रमले दिन सकेको छैन ।”

उहाँले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताउनु भयो ।