१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुदैनः ठाकुर गैरे

भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुदैनः ठाकुर गैरे
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदैसांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । उहाँले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताउनु भयो । उहाँले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामति विधेयक, प्रहरीसँग सम्ब्न्धित विधेयक लगायतका विधेयकहरु यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिवद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो । आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखाप¥यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो । यसको अन्त्य गर्नको लागि हामी सबैको सामुहिक प्रतिवद्धताको खाँचो छ । एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं । त्यसका लागि सरकारले अघि सारेका कार्यक्रमहरुलाई कार्यन्वयनमा लैजानको लागि योगदान पुर्याउनुपर्दछ । भ्रटाचार र कमिसनको कामहरुमा कसैले पनि मुक्त पाउँदैन । जुनसुकै पदको , पार्टीको र ओहोदाको मान्छे भएपनि हामी खरो रुपमा प्रश्तुत हुन जरुरी छ । यसमा सबै एक ठाउँमा आउनुपर्ने जरुरत छ ।’

सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरुको सफल कार्यन्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गर्नुभयो ।