२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने १३ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौं । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् ।  

महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको हो । महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए  । पछि २ लाखमा कुरा मिलेको थियो । यद्यपी अभियुक्त आफैले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उहाँले बताउनुभयो । 

शव व्यवस्थापनपछि छट मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले बताउनुभयो । घटनामा संलग्न धादिङका विष्ण्ुा सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो । वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । शव ३ दिनपछि मात्रै फेला परेको थियो ।