२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको ढोका खुलेन, बाहिरबाटै भक्तले गरे दर्शन (फोटो फिचर)



अ+ अ-

 

काठमाडौंः आज सोमबार । २०७७ सालकाे साउन महिनाको पहिलो सोमबार । भगवान पशुपतिनाथको मन्दिर सहित देशभरका शिवालयहरुमा आज भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

यसवर्ष कोरोनाभाइरसका कारण मानिसलाई ठूलो संख्यामा उपस्थित नहुन प्रशासनले आदेश जारे गरेका कारण शिवालयहरुमा भक्तजनहरु केही सतकर्ता अपनाएर पूजापाठ र दर्शनमा सहभागी भइरहेका छन् ।

तर पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरको भने मूलढोका आज पनि बन्द गरियो । कोरोना त्रासकै कारण लकडाउनसँगै बन्द गरिएको पशुपतिनाथ मन्दिरको ढोका आज सोमबार खुल्छ भन्नेमा धेरै श्रद्धालुको विश्वास भए पनि पशुपति क्षेत्र विकास कोषले स्थानीय प्रशासनको अनुरोधमा मुलढोका नखोल्ने निर्णय गरेको थियो ।

पशुपतिनाथ मन्दिर परिसर र देवघाटका केही तस्वीरहरु