१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

सिंहदरबार पासको लागि घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गरियोस्ः प्रकाश ज्वाला

सिंहदरबार पासको लागि घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गरियोस्ः प्रकाश ज्वाला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै उहाँले एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनु भयो । उहाँले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “यति बेला देशमा अनियमितता, बेथिति, कुशासन व्याप्त छ । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ । प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ?प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस् । अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको एउटा जिउँदो नमुना सिंहदरबारको गेटमा देखिन्छ । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु । मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई ४ दिबार र फलामे गेटले घेरेर जेलजस्तै बनाउने अनि जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य छैन । मन्त्रीहरू कालो सिसा भएको गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासका लागि गेटबाहिर तड्पिनुपर्ने, यो अवस्थाको अन्त्य गरियोस् ।”

उहाँले प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै तुरुन्त सम्पती विवरण सार्वजनिक गर्न माग गर्नुभयो ।