१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

बाढी पहिरोको ताण्डव: राजधानी छिर्ने मुख्य नाकाहरु ठप्प

बाढी पहिरोको ताण्डव: राजधानी छिर्ने मुख्य नाकाहरु ठप्प
फाईल फोटो
अ अ+ अ-

अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ। पुलको धादिङ तर्फको भुभाग खहरे खोलाले बगाएपछि सडक र पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए। मौवाखोलामा आएको बाढीले करिब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ। सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ। मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ।

नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ। सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ। ‘माथिबाट लगातार पहिरो खसिरहेकाले हटाउनै सकिएन’, नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले भने, ‘पानी कम भयो भने मंगलबार मात्रै काम थाल्छौं।’

त्यस्तै, कुरिनटार, चोर खोला लगायतका स्थानमा पनि पहिरो खसेको छ। चारकिलो नारायण मुग्लिन सडकको सबैभन्दा बढी पहिरोको जोखिम भएको स्थान हो। असार दुई गते पनि उक्त स्थानमा पहिरो खस्दा दुई दिनसम्म यातायात प्रभावित भएको थियो। पहिरो नियन्त्रणका लागि सुरु गरिएको रक नेटिङ पनि रोकिएको छ। कमजोर भूबनोटका कारण पहिरो खसिरहँदा मजदुरले काम गर्न सकेका छैनन्। पहिरोका कारण सीमलताल, जुगेडी, रामनगरमा सवारी रोकिएको छ। जोखिममा रहेका सवारीलाई सुरक्षित स्थानमा फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए। नारायणगढ मुग्लिन सडकमा पहिरोका जोखिमयुक्त क्षेत्र ३२ वटा छन।

घर पुरिँदा एकको मृत्यु

धादिङको गजुरी गाउँपालिकाको २ मजुवाडाँडामामा पहिरोले ६ वटा घर पुरिएका छन्। पहिरोमा परी स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी खड्काले बताए। पहिरोमा पुरिएर सिन्धुलीका जितेन चौधरी घाइते भएको उनले जानकारी दिए। धादिङकै बेनिघाट रोराङ गाउँपालिकाको १० स्थित बाँदरे भीरमा सडक माथिबाट आएको पहिरोले तीन वटा गाडी बगाएर त्रिशुली नदी किनारमा पुर्‍याएको छ भने चार वटा गाडी पुरिएका छन्। आइतबार रातिदेखिको अविरल वर्षाका कारण धादिङका दुई भन्दा बढी स्थानमा पहिरो गएको छ।

बेनीघाट रोराङ गाउँपालिकाको ८ मा पहिरोले एक घर भत्किँदा ५ वर्षीया बालिका गम्भीर घाइते भएकी छिन्। पृथ्वी राजमार्गकै बैरेनी, चालिसे, छहरे, मौवाखोला लगायतका क्षेत्रमा माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध छ। त्यस्तै, खहरेको भेल पस्दा गजुरी गाउँपालिकाको कार्यालय भवन डुबानमा परेको र पहिलो तलाका कोठामा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए।

गजुरी गाउँपालिका ६ स्थित बेल्खुमा पहिरो जाँदा ३३ केभी लाइनको पोल बगाएकाले जहरे सवस्टेसनबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध छ। पहिरो गएको ठाउँमा पोल फेर्नुपर्ने भएकाले लगातारको वर्षाका कारण तत्कालै काम सुरु गर्न असहज भएको विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ। पोल ढलेका कारण आदमघाट, पिडा र गजुरी आसपासमा पूर्णरुपमा विद्युत सेवा बन्द भएको छ। मलेखु धादिङको कालुपाण्डे राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पूर्ण रुपमा बन्द छ। पहिरो हटाएर सवारी आवागमन सहज बनाउने काम भएपनि खसिरहेको पहिरोले समस्या भएको धादिङ प्रहरीले जनाएको छ।

महिना दिनदेखि सडक अवरुद्ध

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सडक एक महिनादेखि ठप्प छ। बन्दाबन्दीको मौका छोप्दै तीन महिना अघि भीमफेदीदेखि कुलेखानीसम्म साढे १५ किलोमिटर सडक फराकिलो बनाउने काम सुरु गरिएको थियो। तर वर्षा सुरु भएसँगै कमजोर बनेको सडकको माथिल्लो क्षेत्रबाट पहिरो झर्ने जोखिम बढेपछि प्रहरीले हेटौंडा–काठमाडौं यात्रा गर्न रोक लगाइएको हो।

‘सडक फराकिलो बनाउने काम भइरहेको छ, ठूलो पानी पर्ने बित्तिकै सडकमा पहिरो झर्ने गरेकाले त्यो बाटोबाट यात्रा गर्न जोखिम छ’, जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले भने, ‘स्थानीय भने हिँडडुल गरिरहेका छन् तर हामीले काठमाडौं जाने सबै सवारीलाई भैंसेबाट त्रिभुवन राजपथ हुँदै पठाउने गरेका छौं।’ हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ पनि पहिरोका कारण दुई सतादेखि अवरुद्ध छ। निर्माणाधिन कान्तिलोकपथ एक वर्ष भित्र सञ्चालन गर्ने आयोजनाको लक्ष्य छ। अन्नपुर्णपोष्ट दैनिक