१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

देशभर विभिन्न स्थानमा बाढी पहिरो: चारको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

देशभर विभिन्न स्थानमा बाढी पहिरो: चारको मृत्यु, दर्जनौँ बस्ती डुबानमा
अ अ+ अ-

काठमाडौँ। आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको छ । राति शौच गर्न खोल्सामा पसेका गुरुङमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएका गुरुङलाई स्थानीयवासी र प्रहरीको उद्धार टोलीले निकालेको हो । वडा–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जानकारी दिनुभयो । पीडित परिवारलाई स्थानीय स्तरबाट राहतको व्यवस्था गरिएको छ ।

त्यस्तै दार्चुला जिल्ला, नौघडा गाउँपालिका–६ स्थित एक बस्तीमाथि पहिरो खस्दा आमा मानमती ठगुन्ना र ६ वर्षीया छोरी आरती गरी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । पहिरोबाट प्राथमिक विद्यालयसहित चार घरमा क्षति पुगेको छ । गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलमा सोमबार बिहान बाख्राको गोठमाथि पहिरो जाँदा ४० वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । पहिरोबाट बाख्रा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले बाढी र पहिरो प्रभावित जिल्लामा उद्धार, उपचार, पीडितको पुनस्र्थापना र राहत वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो । गत जेठ १ गतेदेखि साउन ४ गतेसम्म बाढी पहिरो र डुबानमा परी ११० जनाले ज्यान गुमाएका छन् भने ५० जना अझै बेपत्ता छन् । ५० जना घाइते र करिब दुई सय परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ ।

दर्जनौँ सडक अवरुद्ध
पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ । चितवन–धादिङको सीमा मौवाखोलाको पुल नै बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डोजर र स्काभेटरसहित खटिएको छ । बुटवल–तानसेन पाल्पा जोड्ने सद्धार्थ राजमार्गको पहिरो हटाइएपछि सोमबार दिउँसोबाट यातायात सेवा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ पहिरो जाँदा पूर्णरूपमा अवरुद्ध भएको छ ।

बाजुराको बुढीगङ्गा–२ स्थित घट्टेखोलाको २५ मिटर लामो पक्की पुल बाढीले बगाएको छ । पुल बगाएपछि अछाम साँफेबगर–बाजुरा–मार्तडी सडक अवरुद्ध छ । स्थानीय जिल्ला प्रशासन कार्यालयले सडक यातायात सञ्चालन गर्न वैकल्पिक सडक निर्माणको तयारी भइरहेको जनाएको छ । मनाङको नासो गाउँपालिका–१, म्यार्दी भीरस्थित बेँसीसहर–चामे सडकखण्डमा ढुङ्गा झरेर सोमबार बिहानदेखि सडकमा अवरोध भएको छ । गोरखा सातकिलो र आरूघाट सडकखण्ड अवरुद्ध छ । प्रहरी चौकी कोखेआहालेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–११ साल्मेस्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोस्ट दोर्पुबाट खटिएको प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाइएको छ । पाँचथर, फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीरमा पहिरो जाँदा मेची राजमार्गको सडक अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बाढीबाट उपत्यका डुबान
दोस्रो चरणको मनसुन सक्रिय भएसँगै आइतबारबाट परेको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदीमा पानीको बहाव बढ्न गई मानवीय बस्तीमा बाढी पसेको छ । केही स्थान डुबानमा परेका छन् । सोमबार बल्खु खोलाको बाढीले बल्खुस्थित तरकारी बजार छेउछाउको बस्ती डुबानमा परेको छ । गोरखापत्र दैनिक