१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

म्याग्दीमा आएको बाढीले चार वटा पुलसहित मन्दिर बगायो, एक जना बेपत्ता

म्याग्दीमा आएको बाढीले चार वटा पुलसहित मन्दिर बगायो, एक जना बेपत्ता
अ अ+ अ-

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। सोमबार साँझ बाढीमा बेपत्ता गर्बुजाको खोजी भइरहे पनि मंगलबार बिहानसम्म नभेटिएको उनले बताए। निरन्तरको भिषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ। बेनी-जोमसोम सडक अन्तरगत अन्नपूर्ण-३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र पुरानो मोटरेबल पुल पुरेको छ। घाँस खोलामा निर्माणाधिन अर्को मोटरेबल पुल पनि पुरेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। 

‘बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ्ग–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ,’ उनले भने ‘रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिल्लर ठडाइएको थियो। घाँसाखोलाको पुल ढलान गर्न सटिङ्ग गरिएको थियो।’ रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ। मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्ट्रक्सनको एक वटा एक्साभेटर (डोजर) र पार्कीङ गरेर राखिएको बस बगाएको छ। सोमबार दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्से खोलामा ठूलो बाढी आएको थियो। विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्से खोला कालीगण्डकीमा मिसिन्छ। कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ।

दानाका जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुल र रुप्से ब्लक उद्योग पनि बगाएको छ। दानामा निर्माणाधिन २२० केभी क्षमताको विद्युत सबस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ।  अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा कालीगण्डकीले बस्तितर्फ कटान गर्न थालेपछि करिब सीमा प्रहरी चौकी, रेडक्रसको भवनलगायत तीस भन्दा बढी घर जोखिममा परेका छन्। नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तितर्फ कटान गरेको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।  जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। कालीगण्डकी र रघुगंगा नदीको दोभान स्थित जलजला गाउपालिका-२ मा रहेको धार्मिक स्थल राममन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ। 

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालीग्राम शिलाको स्तम्भ बगाइसकेको छ। कटान निरन्तर छ। मन्दिर, पुजारी निवास र गलेश्वर देखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ।  राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिर क्षेत्रमा करोडौ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पुर्‍याएको छ। सडक, मोटरेबल र झोलुङ्गे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवत जावत बन्द भएको दानाका गंगा पुनले बताए। यसअघि गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएकाले पूर्ण रुपमा सिधा यातायात सञ्चालनका लागि थप समय लाग्ने देखिएको छ। 

धौलागिरी हिमालको आसपासका क्षेत्रमा भारि वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगंगा नदी र सहायक खोलाहरुमा बाढीको सतह बढेको सिडिओ ज्ञाननाथ ढकालले बताए। म्याग्दीका प्रमुख तिनवटै नदीको पानीको स्रोत हिमालहरु हुन्।  डिएपी किरनजंग कुँवरले बाढीको जोखिममा रहेका बस्तिका बासिन्दालाई सामान सहित सुरक्षित ठाउँमा सारिएको बताए। कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ्ग-तातोपानीको तल्लो बजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसो समेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। अन्नपुर्णपोष्ट दैनिक