२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन्ः सभापति देउवा



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताउनुभएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले आज यहाँ आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र मजबुत रहेको बताउनुभयो ।

नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत क्षेत्रमा चिनियाँ सहयोगप्रति आभार प्रकट गर्दै सभापति देउवाले आगामी दिनमा चिनियाँ सहयोग थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने, जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दछु”,उहाँले भन्नुभयो, “नेपाल–चीन सांस्कृृतिक र शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनाका साथै यसले दुई देशका जनताबीच आपसी सहमति र सहकार्यको भावना जागृत गराउने छ ।”

पूर्वप्रधानमन्त्री देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता डा शेखर कोइरालाले नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध उदाहरणीय रहेको बताउनुभयो । नेपाल एक चीन नीतिको पक्षमा निरन्तर उभिँदै आएको जनाउँदै उहाँले छिमेकीका रूपमा चीनको चासोलाई नेपालले उच्च महत्व दिँदै आएको बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत चेन सोङले आपसी सहकार्य र मित्रताका आधारमा चीन नेपाल सम्बन्ध अघि बढिरहेको बताउनुभयो । नेपाल र चीनबीच आर्थिक, व्यापारिकलगायत विविध क्षेत्रमा सहकार्य रहँदै आएको भन्दै उहाँले दुवै देशका तर्फबाट भएका उच्चस्तरका भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो ।

जिपी कोइराला फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

राजनीतिक, सांस्कृतिक र जनस्तरको आदानप्रदानसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको जनाउँदै उहाँले प्रदर्शनीबाट नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–चीन दौत्य सम्बन्धको सात दशकका ऐतिहासिक क्षणलाई प्रदर्शनीमा राखिएका छन् । राज्य प्रमुखको भ्रमण तथा सांस्कृतिक आदानप्रदान, जनस्तरको निकटतम् सम्बन्ध र विश्वासलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिएको छ ।रासस