१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस सांसद मिजारको प्रश्नः निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को ?

काँग्रेस सांसद मिजारको प्रश्नः निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को ?
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो बताउनुभएको हो । उहाँले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथोपटक म्याद थप हुँदा समेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले संसदजस्तो संवैधानिक निकायको भवन निर्माणको अवस्था चिन्ताजनक रहेको भन्दै देशका अन्य भूभागमा निर्माणाधिन आयोजनाहरुको अवस्था कस्तो होला ?भन्दै प्रश्न गर्नुभयो । उहाँले निर्माणाधिन भवन निर्माणमा भएको सुस्तताको जिम्मेवारी कसले लिने हो ? भन्ने स्पष्ट जवाफ पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिंहदरबारको हाताभित्र २०७९ मा सम्पन्न गर्नेगरी निर्माण प्रारम्भ भएको संघीय संसद भवन निर्माण आयोजनाको हालसम्म चौथो पटक म्याद थप हुँदा समेत ८६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सबैको नजर पर्ने स्थानमा निर्माण भइरहेको र पटक पटक राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र संसदीय समितिले समेत अनुगमन र निरिक्षण गर्नुभएको यो आयोजनाको अवस्था एकदमै नाजुक छ । देशका अन्य भूभागका आयोजनाहरुको अवस्था कस्तो होला ? सभामुख महोदय यस्तो अवस्था कहिलेसम्म कायम रहन्छ ? र यसको जिम्मेवार को हुने हो ? यसको स्पष्ट जवाफको म माग गर्दछु ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम शुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसदका १२ वटा भवन निर्माण हुँदैछन् ।