२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद मिजारको प्रश्नः निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो बताउनुभएको हो । उहाँले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथोपटक म्याद थप हुँदा समेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले संसदजस्तो संवैधानिक निकायको भवन निर्माणको अवस्था चिन्ताजनक रहेको भन्दै देशका अन्य भूभागमा निर्माणाधिन आयोजनाहरुको अवस्था कस्तो होला ?भन्दै प्रश्न गर्नुभयो । उहाँले निर्माणाधिन भवन निर्माणमा भएको सुस्तताको जिम्मेवारी कसले लिने हो ? भन्ने स्पष्ट जवाफ पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिंहदरबारको हाताभित्र २०७९ मा सम्पन्न गर्नेगरी निर्माण प्रारम्भ भएको संघीय संसद भवन निर्माण आयोजनाको हालसम्म चौथो पटक म्याद थप हुँदा समेत ८६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सबैको नजर पर्ने स्थानमा निर्माण भइरहेको र पटक पटक राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र संसदीय समितिले समेत अनुगमन र निरिक्षण गर्नुभएको यो आयोजनाको अवस्था एकदमै नाजुक छ । देशका अन्य भूभागका आयोजनाहरुको अवस्था कस्तो होला ? सभामुख महोदय यस्तो अवस्था कहिलेसम्म कायम रहन्छ ? र यसको जिम्मेवार को हुने हो ? यसको स्पष्ट जवाफको म माग गर्दछु ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम शुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसदका १२ वटा भवन निर्माण हुँदैछन् ।